बागमती नगरपालिका-३ धरहराबाट जुवा खेलिरहेको अवस्थामा करिब ५ लाखसहित १२ जना पक्राउ परेका छन्। धरहरास्थित ढलकबहादुर तामाङको घरबाट मंगलबार राति साढे ११ उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय हरिवनका निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वको टोलीले ४ लाख ८४ हजार ५० रूपैयाँ र कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। पक्राउ पर्नेमा बागमती–३ का ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय संचर घिसिङ र ३४ वर्षीय जितबहादुर बम्जन, बसवरिया गाउँपालिका–५ का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन्। त्यस्तै‚ हरिवन नगरपालिका–१० का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी र ५७ वर्षीय अर्जुन केसी, बरहथवा नगरपालिका–५ का २८ वर्षीय जुनैन अंसारी र बरहथवा–१० का २९ वर्षीय रामबिर चौधरी, रौटहटको चन्द्रनगर नगरपालिका–१ का ५१ वर्षीय दिलबहादुर लामा रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। पक्राउ परेकाहरुलाई जुवातास नियन्त्रण ऐनअन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सर्लाहीबाट करिब पाँच लाखसहित १२ जुवाडे पक्राउ
सवालनेपालसंवाददाताबुधबार, १२ माघ २०७८

सर्लाहीबाट करिब पाँच लाखसहित १२ जुवाडे पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



