जङ्गली हात्तीको आ’क्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृ’त्यु भएको छ ।दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आ’क्रमणबाट ज्या’न गएको हो । वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आ’क्रमण गरेको हो ।
आ’क्रमणबाट उनको घ’टनास्थलमै ज्या’न गएको थियो । दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्या’न लिएको वडाध्यक्ष बरालले बताउनुभयो ।



