सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी बुधबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) रबिन बिष्टले सुदूरपश्चिमको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पीएसओ अर्थात निजी सुरक्षाकर्मी समेत रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार जोशी सन्चो नभएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए ।

अस्वस्थताकै कारण जोशी श्रीमती र छोरासँगै टीकापुर आफन्तको विवाहमा नगएर घरमै आराम गरिरहेको परिवारबाट जानकारी आएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय