काठमाडौ । विवाहमा भएको सानो घटनाका कारण विवाह गर्न गर्न गएका वेहुला रित्तै फर्किएका छन् भने बेहुलाका भाईले बेहुली लिएर आएका छन् । विवाहमा वेहुलाका भाईसंग बेहुली नाचिन् वेहुलालाई मन परेन । उनले वेहुलीलाई उक थप्पड लगाए । रिसाएकी वेहुलीले उनै वेहुलाका भाईसंग विवाह गरिन् । यो घटना भारतको तमिल नाडुमा भएको हो ।वेहुलावाट थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग बेहुलीले विवाह गरेकी छिन् ।

द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल मच्चिएको थियो ।सो दिन जोडी र उनीहरुका परिवार कार्यक्रममा सहभागी भएका थिए । नाँचगानसहितको कार्यक्रममा डीजे र डान्स फ्लोरको पनि व्यवस्था थियो । बेहुलाको भाइ नआउने बेलासम्म बेहुला बेहुली सँगै नाँचेका थिए ।

उनीहरु नाँचिरहेका बेला अचानक बेहुलाका भतिजा पनि सहभागी भएका थिए ।भतिजाले बेहुलीको हात र बेहुलाको काँध समाएर नाच्न थालेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि बेहुलाले दुबै जनालाई धकेलेर बेहुलीको गालामा थप्पड लगाए । दुलही र उनका अभिभावक रिसाए । सार्वजनिक स्थलमा आफूलाई थप्पड लगाएपछि बेहुलीले तत्काल विवाह रद्द गर्ने निर्णयमा पुगेकी थिइन् । बेहुलीका अभिभावकले पनि उनको निर्णयलाई समर्थन जनाएका थिए ।

आफ्नो छोरी कु टि ए पछि बेहुलीका बाबुले दुलाहा पक्षलाई तत्काल कार्यक्रमस्थलबाट जान आदेश दिएका थिए ।सो घटनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी निवासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । यसैबीच, असन्तुष्ट बेहुलाले पानरुती प्रहरी चौकीमा ७ लाख भारु क्षतिपूर्ति माग गर्दै मु द्दा दायर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय