काठमाडौँ । काठमाडौँमा घरभित्रै नि’स्सासिएर एक दम्पत्तिको मृ’त्यु भएको छ । शंखरापुर नगरपालिका–३ बोझेनीमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।दम्पत्ति गएराति आफ्नै घरमा आ’गो बा’लेर सुतेका उनीहरू बिहान मृ’त भेटिएका थिए । प्रहरीको अनुसार अहिले प्रहरी घ’टनास्थल पुगेको छ । थिङ दम्पत्तीका छोराले बुवा–आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन् ।

उनीहरू आफू बसेको घरको कोठामा मृ’त अवस्थामा फेला परेको र नि’सास्सि’एर मृ’त्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। घ’टनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धको टोली पुगेको छ। घ’टनाबारे विस्तृत विवरण आउन बाँकी रहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

यस्तै भीआईपीको घरमा निजी सुरक्षाकर्मीका रुपमा परिचालित प्रहरी हवल्दार मृ’त फेला परेका छन्। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथन राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मीको रुपमा परिचालित प्रहरी हवल्दार रमेशदत्त जोशी मृ’त फेला परेका हुन्।

घर बिदामा रहेको जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ आफ्नै घरस्थित खाटमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । परिवारका अन्य सदस्य घर बाहिर रहेको र फर्किदा जोशी मृ’त भेटिएको प्रहरीले जनाएको छ । घ’टनाबारे अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय