भारत बिहारस्थित बक्सर जिल्लामा विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ।

बक्सर जिल्लाको डुमराव विधानसभा अन्तर्गत पर्ने अन्सारी नाम गाउँमा यो घटना भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बक्सरका प्रहरी अधिकारी नीरज कुमार सिंहले सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा प्रशासनले घटना बारे जाँच गरिरहेको बताए।

डुमरांवका भाकपा (माले) विधायकले मृतकका परिवारलाई राहत दिन माग गरेका छन्।

गत गर्ष पनि बिहारमा गोपालगंज, बेतिया र सिवानमा ५० भन्दा धेरैको विषाक्त रक्सी सेवनबाट मृत्यु भएको छ। बिहारमा रक्सीमाथि प्रतिबन्धन भए मानिसहरुले घरेलु मदिरा उत्पादन र सेवन गरिरहेका छन्।