मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा अर्को पनि शव भेटिएको छ । उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार उत्खनन गरिएको थियो ।बिहीबार उत्खनन गरिएको खाल्डोमा पनि शव भेटिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन बिसीले जानकारी दिए । प्रहरीले शव खाल्डोबाट बाहिर निकालेको छैन ।

अहिले तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घ'टनास्थलमा पुगेको छ ।बुधबार प्रहरीले खाल्डोबाट अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो । दुबै शव एकै पटक खाल्डो खनेर पुरेको हुन सक्ने प्रहरीको भनाइ छ । खाल्डोमा शव गाडेर नुन पनि हालेको पाइएको प्रहरीको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शवको पहिचान भइसकेको छैन । शवको प्रकृति हेर्दा ह'त्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।प्रहरीका दुई खाल्डो उखुबारीमा करिब २० मिटरको दूरीमा छन् । खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घ'टनास्थलमा छ ।