सरकारले भिजिट भिसाका नाममा ठगी गर्नेलाई तत्काल कारबाही गर्न मार्सल टिम गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित सात सदस्यीय समितिको सिफारिसपछि श्रम मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन गरिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डमा प्रहरी टोली समेत रहनेछ। ठगी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउने गृह मन्त्रालयले जनाएको छ। यस्तै ठगीमा संलग्न संस्था तथा व्यक्तिका खाता रोक्का गर्नका लागि राष्ट्र बैंकलाई आग्रह समेत गरेको छ। भिजिट भिसामा खाडी मुलुकमा जानेहरूको समस्या समाधान गर्ने योजना पेस गर्न यसअघि गठित समितिलाई भनिएको थियो। समितिको सिफारिस अनुसार कारबाहीका लागि गृह मन्त्री बालकृष्ण खाँण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तदारुकता देखाएका हुन्। भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा नेपालीहरु अलपत्र पर्ने क्रम बढेपछि भिजिट भिसामा कडाइ गरिएको छ।
भिजिट भिसामा ठगी गर्नेलाई कारबाही गर्न मार्सल टिम गठन
सवालनेपालसंवाददाताशुक्रबार, १४ माघ २०७८

भिजिट भिसामा ठगी गर्नेलाई कारबाही गर्न मार्सल टिम गठन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



