काठमाडौं । भारतले फिलिपिन्सलाई ब्रह्मोस क्षेप्यास्त्र बिक्री गर्ने सम्झौता भएको छ । शुक्रबार भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र बिक्री गर्ने सम्झौता भएको जनाएको हो ।मन्त्रालयका अनुसार ब्रह्मोस एरोस्पेस प्राइभेट लिमिटेड (बीएपीएल) र फिलिपिन्सको राष्ट्रिय सुरक्षा विभागबीच आज ब्रह्मोस क्षेप्यास्त्रका तीनवटा ब्याट्री (क्षेप्यास्त्रजडित उपकरण) किन्ने सम्झौता भएको हो ।

दुबै मुलुकबीच झण्डै ३७५ मिलियन अमेरिकी डलर (४५ अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सम्झौता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।शुक्रबार औपचारिक सम्झौता भए पनि फिलिपिन्सले डिसेम्बर ३१ गते नै क्षेप्यास्त्र खरिद सम्झौता अघि बढाउने बताएको थियो । सम्झौतासँगै फिलिपिन्स भारतमा बनेको क्षेप्यास्त्र खरिद गर्ने पहिलो मुलुक बनेको छ । तर, भियतनाम र थाइल्याण्डसहितका अन्य दक्षिण-पूर्वी एसियाली मुलुकले समेत ब्रह्मोस क्षेप्यास्त्र खरिद गर्ने रुचि देखाएको पाइन्छ ।

फिलिपिन्नसँग भएको क्षेप्यास्त्र खरिद सम्झौतालाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ । किनभने योसँगै महत्त्वपूर्ण रक्षा उपकरण निर्यात गर्ने भारतको सपनाले केही सार्थकता पाएको छ ।साउथ चाइना सीलाई लिएर चीनसँग सम्बन्ध चिसिँदै गइरहेका बेला फिलिपिन्सले ब्रह्मोस क्षेप्यास्त्र खरिद गर्न लागेको हो । यही कारण सम्झौताले फिलिपिन्सको हकमा समेत महत्त्व राख्छ ।

ब्रह्मोस क्षेप्यास्त्र मध्यम दूरी अर्थात् ३०० देखि ५०० किलोमिटरसम्म मार हान्न सक्ने सुपरसोनिक क्रुज मिसाइल हो । लडाकु जहाज र पनडुब्बीबाट समेत पानीजहाजलाई निशाना बनाउन सक्ने यो क्षेप्यास्त्रलाई भारतको डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ) र रुसको एनपीओ माशिनोस्ट्रोयनियाले संयुक्त रुपमा विकास गरेका हुन् । हाल भारतको ब्रह्मोस एरोस्पेसले उक्त क्षेप्यास्त्र उत्पादन गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah