काठमाडौ । मन्दिर आसपासको गेष्ट हाउसको कोठा भाडामा बस्ने र मन्दिरमा डुलेर पकेट मा र्ने एक जोडी भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका विभिन्न प्रशिद्ध तिर्थस्थलमा यस्तै गर्दै आएका थिए । पछिल्लो पटक उनीहरु पशुपतिनाथ मन्दिर परिसरबाट पक्राउ परेका हुन् । चोरी गर्न कै लागि गेष्ट हाउसमा कोठा लिएर बस्ने गरेका थिए ।

भारतीय नागरिक एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको उनीहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ।

उनीहरू पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। उक्त गेस्ट हाउसको १०८ कोठामा उनीहरू बस्ने गर्दथे।

उक्त कोठा चेकजाँच गर्दा मोबाइललगायत सामान बरामद भएको र उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखिएको छ। उनीहरूको साथबाट आइफोनसहित ५ थान मोबाइल बरामद भएको छ। उनीहरूको साथबाट ४२ हजार नगद पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। साथै पर्स दुई थान, चक्कु एक थान पनि बरामद भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah