
एकातिर बैंकले कर्जा कसिलो पारेपछि ऋणीले माग गरेअनुसार ऋण पाइरहेका छैनन् ।
अर्कातर्फ ऋणीहरूलाई कर्जाको ब्याजदर बढी पर्ने भएको छ ।
बैंकको आधार दर बढेपछि कर्जाको ब्याजदर महँगो भएको हो ।
पूराना र नयाँ दुवै ऋणीलाई यो ब्याजदर लागू हुन्छ ।
हरेक त्रैमासिक आधार दरमा रहेर बैंकले पूराना ऋणीको ब्याजदरसमेत घटबढ गर्न पाउने नीतिगत व्यवस्था छ ।
बैंकहरूले तयार पारेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार औसत आधार दरमा रहेको ब्याजदरमा थप प्रिमियम जोडेर ब्याजदर लागू भएको छ ।
बैंकहरूले माघ १ गतेदेखि नै नयाँ दरमा कर्जा दिन थालेका छन् ।
पुसमा लिएको कर्जाको ब्याजदरमा ऋणीलाई थप १ देखि डेढ प्रतिशत विन्दुसम्मको भार थपिएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताएको खबर अन्नपूर्ण पोस्टमा ममता थापाले लेखेकी छन् ।