काठमाडौ । संसदमा आफ्ना लागि सिटको ब्यवस्था नभएपछि एक जना सांसदले संसद बैठक छोडेर हिँडेकी छन् । अन्य दलका सांसदले अगाडी सिट ओगटेर बसेको र आफुले बस्ने उपयुक्त सिट नपाएको भन्दै कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको तेस्रो बैठकवाट राप्रपाकी सांसद सोशिला शाही बाहिरिएकी छन् । उनले संसद बैठक बिचमै छोडेर हिँडेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

संसद भवनमा प्रवेश गर्ने वित्तिकै उनले सुरुमै सदनमा उठेर आपत्ति जनाएकी थिइन् । तर प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका नेता यामलाल कँडेलले उनलाई उछिनेर बोले । कम्डेल बोल्दा सम्म शाही उठिरहिन् । कँडेलले बोलेर सकेपछि उनलाई सभामुख राजबहादुर शाहीले बोल्न समय दिएका थिए । भने। सुरुमै उनले भनिन्,‘ मेरो दलले संसदमा स्थान पाउने कि नपाउने ?

उनले अन्य दलका सांसदहरु जस्तै अगाडी बस्न सिट चाहेकी थिइन् । तर सबै सांसदहरु पहिल्यै आएर बसेका कारण उनका लागि अगाडी सिट थिएन । उनले भनिन,‘ सचिवालयले व्यवस्था गरेको होकी ? मैले सीटकै लागि ल डा इँ गर्न खोजेको होइन । तर सानो दल भनेर किन हेला गरिन्छ ?

मैले जाने कहाँ हो ? कि गेटबाहिर बस्नुप¥यो ? दलको मान्यता दिइसकेपछि स्थान दिनुप¥यो,’उनले भनिन,‘ म आउँदा सबै जनाले आफ्नो सीट अगाडी ओगटेर बस्नुभयो । यो के हो ? मैले बुझ्न सकिन्। होइन भने आज म यतिकैमा जान्छु सभामुख महोदय।।।१ सिटको व्यवस्था होस्। फेरि आउन पाइयो भने आउँला नआउन पाइयो भने नआउँला । आवश्यक परे बोलाउनुहोला नभए नबोलाउनुहोला।।१ भन्दै उनी संसदबाट बाहिरिइन् ।

उनले प्रदेशसभामा आफुलाई त यति अवहेलना गरेर हेपेको बचाउँदै जनतालाई तपाईहरुले कति हेप्नु हुदो भनेर प्रश्न गरेकी छन् । प्रदेशसभाको उद्घाटन सत्रमा बोल्दै आफुसँग परामर्श नै नगरी अन्तिममा कुर्सीमा राखिएको प्रति शाहीले आपत्ती जनाएकी हुन् । पार्टी सानोे भएपनि आफु एउटा पार्टीको संसदीय दलको नेता भएकोले संसदमा समान ब्यवहार हुनुपर्नेमा आफुले त्यो नपाएको शाहीले बताइन् ।

‘मेरो दल सानो होला । म समानुपातिकबाट आएको महिला सांसद हुँला । सानै भएपनि संसदीय दलको नेता त हु’ उनले भनिन्,‘तपाईहरु मलाई यसरी हेपेर पछाडी राख्नुहुन्छ भने जनतालाई के गर्नु भएको होला ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah