भारतीय बजार जोगवनीबाट तस्करी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले भाँडा र कपडा बरामद गरेको छ । आइतबार बिहान सशस्त्र प्रहरीको बोडर आउट पोस्ट दरैयाको टोलीले दरैया क्षेत्रबाट एक लाख मूल्य बराबरको भाँडा र ६५ हजार मूल्य बराबरको कपडा बरामद गरेको हो ।
प्रहरीले काँचको थाल एक सय १० वटा, पित्तलको भाँडा ६, घण्टी तीन किलो, स्टिलको काटा ५८ केजी र हटकेस तीनवटा बरामद गरेको छ । त्यस्तै टेन्टको कपडा पाँच रोल, भित्री बस्त्र ४२ वटा र बर्को दुई सय चारवटा बरामद गरेको हो । बरामद सामग्री कारबाहीका लागि विराटनगर भन्सार कार्यालय रानी पठाएको सशस्त्र प्रहरीले बताएको छ ।