अनलाइन जुवा खेल्ने ७४ जनालाई प्रहरीले आइतवार राति पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्तको टोलीले दोलखा घर भई काठमाडौंमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ३० बर्षीय सुभाष घिसिङसहित ६६ जना पुरुष र ८ जना महिलालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट नगद ६ लाख १९ हजार रूपैयाँसमेत बरामद गरेको छ । उनीहरूलाई मुलुकी अपराध (संहिता) ऐन–२०७४ को परिच्छेद ५ अन्तरगत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने भन्ने कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



