इस्लामावादः पाकिस्तानमा पब्जी खेलले नकरात्मक रुपमा मनोवैज्ञानिक असर गरेपछि एक किशोरले आफ्नै परिवारका विभिन्न सदस्यको हत्या गरेका छन्।

पाकिस्तानी प्रहरीका अनुसार पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पब्जीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउन प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने कार्य अगाडि बढाइएको छ।

पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेलहरूमाथि प्रतिबन्ध लगाउन सिफारिस गरिने भएको हो।

हालै भएको घटनामा १४ वर्षका किशोरले पब्जीकै प्रभावका कारण आफ्नी आमा र तीन भाइबहिनीको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘अली जेनले सन् २०२२ को जनवरी १९ मा आमा, दुई बहिनी र एक भाइको गोली हानी हत्या गरी पेस्तोल लुकाएका प्रारम्भिक छानबिनले देखाएको छ,’ प्रहरी प्रवक्ताले भनेका छन् ।

पब्जी खेलमा बारम्बार पराजित भएपछि तनावमा परेका उनले खेलमा जस्तै सबै जना फेरि बाँच्न सक्ने सोचेर गोली प्रहार गरेको बताएका प्रहरीको भनाइ छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv