काठमाडौं । भारत, कर्नाटकको एक शोरुममा किसानको अपमान गरिएको छ । शोरुममा अपमानित भएका एक किसानलाई उद्योगपति आनन्द महिन्द्राको प्रतिक्रिया पछि माफी मागेर सम्मानका साथ नयाँ बोलेरो गाडी प्रदान गरिएको हो ।तुमकुरका किसान केम्पेगौडा आरएल एक साथीसँग कार किन्न गएका थिए । त्यस समयमा एक विक्रेताले उनलाई गरिब भनेर अपमान गरेका हुन् ।

जवाफमा किसानले ३० मिनेटमै भारु १० लाख नगद लिएर महिन्द्रा शोरुममा पुगेका थिए । १० लाख नगदसहित किसानलाई देखेर सेल्सम्यान छक्क परे ।उनले त्यसको चार दिनभित्र गाडी उपलब्ध गराउने वाचा गरे । त्यसपछि बिदा पर्दा समयमै गाडी नपाएका किसानले प्रहरीमा उजुरी गरेका थिए । यो कुरा सामाजिक सञ्जालमा आएपछि महिन्द्रा एन्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राको प्रतिक्रिया आएको थियो ।

आनन्द महिन्द्राले लेखेका छन्, ‘महिन्द्राइसको मुख्य उद्देश्य भनेको हाम्रो समुदाय र सबै सरोकारवालाहरूलाई माथि उठ्न सक्षम बनाउनु हो । यसको मुख्य उद्देश्य व्यक्तिको मर्यादा कायम राख्नु हो ।यो विषयलाई छिट्टै समाधान गर्नुपर्छ ।’ पछि, महिन्द्रा अटोमोटिभबाट एक आधिकारिक विज्ञप्ति पनि आयो । जसमा कम्पनीले लेखेको थियो, ‘हामी श्री केम्पेगौडा र उनका साथीहरूलाई २१ जनवरीमा डिलरशिपमा पुग्दा पर्न गएको असुविधाको लागि माफी चाहन्छौं ।

प्रतिवद्धता अनुसार हामीले उपयुक्त कदम चालेका छौँ र समस्या समाधान भएको छ । हामीलाई छान्नु भएकोमा केम्पेगौडालाई धन्यवाद र महिन्द्रा परिवारमा स्वागत गर्दछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah