
काठमाडौ । सामाजिक सञ्जालबीना अहिले कोही पनि बस्नै नसक्ने अवस्थामा पुगेका छन् । युवा, किशोर वा प्रोढ सबै सामाजिक सञ्जालमा झुम्मिएको देखिन्छ । अन्य समुदायले सामाजिक सञ्जालवाट हुने जोखिमको सामना गर्न सक्ने भएपनि किशोर किशोरी र बालबालिकालाई भने यसको जोखिमबाट जोगाउनुपर्ने अवस्था छ । प्रहरीले पनि आफ्ना छोराछोरीले सामाजिक सञ्जालमा के गरिरहेका छन् ख्याल गर्न आग्रह गरेको छ ।
सामाजिक सञ्जालवाट किशोरीहरु समस्यामा परेका थुप्रै उजुरी प्रहरीमा पुग्ने गरेका छन् । पछिल्लो समय यस्ता घ’टना बढेपछि प्रहरीले अभिभावकलाई बालबालिकाको सामाजिक सञ्जाल प्रयोगको मोनिटर गर्न आग्रह गरेका हो । आफ्ना बालबालिका कोठाभित्र छन् भनेर ढुक्क हुन नसकिने भन्दै अ प रा धको ट्रेण्ड र तरिकामा धेरै परिवर्तन आइसकेको कुरामा अभिभावक सचेत हुन आग्रह गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पुस ३० गते २१ वर्षीय सुजन श्रेष्ठलाई ललितपुरको पाटनबाट पक्राउ गर्यो । ति युवकले एक १३ वर्षकी किशोरी माथि गरेको ब्यवहारले सबै अभिभावकलाई सोच्न बाध्य बनाउँछ । फेसवुक भर्खर चलाउन जान्ने भएकी काठमाडौ बुढानिलकण्ठ बस्ने १३ वर्षकी किशोरीलाई ति युवकले फेसवुक मार्फत हिं सा गरेको फेला परेको छ ।
उनले ति नाबालिकालाई ज वर जस्ती क रणी गरेका छन् । फेसवुकमा अर्कै नाम राखेर किशोरीहरुसंग कुरा कानी गर्न उनले ५ वटा फेसवुक आइडी बनाएका थिए । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भई हाल ललितपुरको पाटनस्थित सुन्धारामा बस्ने २१ वर्षीय सुजन श्रेष्ठ सामान्य एक होटलमा काम गर्ने युवक हुन् । युवकले एउटा फेसवुक आइडीमा आफ्नो नाम सौगात महर्जन राखेका थिए ।
सोही फेसवुक आइडीवाट बूढानीलकण्ठमा बसोबास गरिरहेकी एक १३ वर्षीय बालिकालाई फ्रेण्ड रिक्वेष्ट पठाए । २ महिना कुराकानी गर्दा उनीहरु निकै नजिक भए । सुरुमा ति युवकले किशोरीलाई उनका गो ”प्य अं ग देखाउन भने । बारम्बार कर गरेपछि किशोरीले त्यसै गरिन् । पछि ति युवकले भेट्न बोलाए । भेट्न नआए भिडियो र च्याटमा भएको कुराकानी साथीभाई र अभिभावकलाई पठाइदिने चेतावनी दिए ।
ति बालिकाले रमाइलो मानेर युवकसंग अ श्ली ल संवाद, कुराकानी गरेकी थिइन् । न ग्न भएर भिडियोमा कुरा गर्थिन । अनि त्यही फोटो र भिडियो आफूसँग रहेको भन्दै आफूसँग भेटघाट नगरे ती फोटो र भिडियो स्कुलका साथीभाइ, परिवारका सदस्य आदिलाई पठाइदिने र फेसबुकमै भाइरल गरिदिने ध म्की दिए । बालिकाले एक पटक मात्र भेट गर्ने र त्यहीवेला सबै फोटो र भिडियो डिलिट गर्ने सर्त राखिन् ।
सुरुमा ति युवकले हुन्छ भने पछि ति बालिका भेट्न गइन् ।तर उनको उद्देश्य भने अर्कै थियो । बुढानिलकण्ठ नजिक एक कोठामा भेट्न गएकी बालिकालाई उनको इच्छा विपरित कर णी गरे तर भिडियो र फोटो डिलिट गरेनन् । फेरी भेट्न दववा दिन थाले । यस्तै क्रम चलिरहँदा बालिका डि’प्रे’श’नमा जान थालिन् । उनको अनौठो कृयाकलाप देखेपछि साथीहरुले के भयो भनेर सोध्न थाले ।
उनले साथीलाई सबैकुरा बताए पछि परिवारका सदस्यले पनि घटना थाहा पाए ।परिवारका सदस्यले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यो त एउटा उदाहरण मात्र हुन् । सामाजिक सञ्जाल फेसवुक मात्र नभएर टिकटक र अन्य माध्यममा पनि यस्ता घटना भएका छन् । टिकटकमा पनि अहिले वि कृ ति फैलाउने खालका भिडियोहरु सार्वजनिक भएका हुन्छन् ।
त्यस्ता सामग्रीले बालबालिका र किशोरीहरुको मानसिकतामा असर गर्ने प्रहरीको भनाई छ । त्यसैले आफ्ना छोराछोरीले सामाजिक सञ्जालमा के कुरा हेर्छन् भन्ने कुराको मोनिटर गर्न प्रहरीले अभिभावकलाई आग्रह गरेको छ ।