वैज्ञानिकका अनुसार इथियोपियामा पाइने एनसेट नामको फल जलवायु परिवर्तनको यो अवधिमा नयाँ सुपर फुड र जीवन रक्षक सावित हुन सक्छ ।हालै ‘इनभायोरोमेन्टल रिसर्च लेटर्स’ नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार केरासँग मिल्दो जुल्दो यो प्रजातिले तापमान वृद्धि भइरहेको यो विश्वका १० करोडभन्दा बढी मानिसको पेट भर्न सक्छ । इथियोपियाबाहेक अन्य देश वा इलाकामा यो बोटबारे धेरैलाई थाहा छैन ।
त्यहाँ यसको उपयोग हलुवा र रोटी बनाउन प्रयोग गरिन्छ । यद्यपि, बोटको केराजस्तो फल खान योग्य हुँदैन ।यो फल ठूलो परिमाणम उत्पादन गर्न सकिने यो शोधबाट पत्ता लागेको छ । इथियोपियामा आवासा के हवासा युनिभर्सिटीका डा. वेन्डावेक अबेबेले यो प्रजातिलाई खाद्य सुरक्षा र विकासका लागि निकै महत्व दिएका छन् ।एनसेटलाई नक्कली केरा पनि भनिन्छ । यसलाई केरासँग मिल्दोजुल्दो प्रजाति पनि भनिन्छ ।
हालसम्म यसको उपयोग इथियोपियाका केही हिस्सामा मात्रै भइरहेको छ । यसको डाँठ र जरामा भरपूर मात्रामा स्टार्च पाइन्छ । यसैले बिरुवाको उक्त हिस्सालाई हलुवा र रोटी बनाउन प्रयोग गर्न सकिन्छ ।
एनसेटको महत्व
एनसेट इथियोपियाको प्रमुख खाद्य पदार्थमा समावेश छ । त्यहाँका लगभग २ करोड मानिस भोजनका लागि यो बोटमा निर्भर छन् ।यो बोटलाई अन्य स्थानमा रोपिन्नँ तर दक्षिण अफ्रिकाको दक्षिणी दिशामा जतिजति अघि बढ्दै छ, त्यति त्यति यो बोटको फल ठूलो हुन्छ । यो विशेषतालाई हेरेर मानिसले यो फल अन्य स्थानमा पनि फलाउन सम्भव भएको मान्यता राखेका छन् ।
कृषि सर्वेक्षण र मोडलको सहारामा वैज्ञानिकले आगामी ४ दशकमा एनसेटमा लुकेको सम्भावनाको अनुमान लगाइएको छ ।वैज्ञानिकका अनुसार यो बालीले अफ्रिकाको करिब १० करोड मानिसको भोजन आवश्यकता पुरा गर्न सक्छ । यसबाट इथियोपिया, केन्या, युगान्डा र रुवान्डासहित अन्य अफ्रिकी देशसम्म खाद्य सुरक्षाको विस्तार हुनसक्छ ।रोयल बोटानिक गार्डनको अनुसन्धानकर्मी जेम्स बोरेलले भनेका छन्, ‘बाली खाली भएको समयमा यो एनसेट बिरुवा लगाउन सकिन्छ । यसबाट खाद्य सुरक्षा पनि प्राप्त हुन्छ ।’
डा. बोरेल भन्छन्, ‘यी बिरुवामा वास्तवमै यस्तो गुण हुन्छन् जसबाट यो बिलकुल अचम्मको बाली हुन सक्छ । जस्तै कि यसलाई कुनै पनि मौसममा लगाएर भित्र्याउन सकिन्छ । यो बाह्रमासे फल हो । त्यसैले मानिसले यसलाई भोकबाट बचाउने रुख भन्छन् ।’
नयाँ खाद्य बाली खोज्न आवश्यकता
इथियोपिया यस्तो अफ्रिकी देश हो जहाँ कयौँ उपयोगी बिरुवाको विकास भएको छ । जस्तै कफी ।जलवायु परिवर्तनका कारण पुरै अफ्रिका र यसबाहिर पनि प्रमुख खाद्य बालीको उत्पादन र यसको विस्तारमा गम्भीर असर पर्ने अनुमान गरिन थालेको छ ।सिमित बालीमा मानिसको निर्भरतालाई मध्य नजर गर्दै भोकबाट विश्वलाई बचाउनका लागि नयाँ–नयाँ बिरुवाको खोजी तीव्र रुपमा भइरहेको छ ।
हामी दैनिक जति क्यालोरी खान्छौ त्यसको आधा हिस्सा केवल मकै, गहुँ र चामलबाट पूरा हुने गर्छ । यस बारे डा. बोरेलले भनेका छन्, ‘पुरा विश्वमा हाल जतिपनि प्रजातीको उपयोग हुन्छ हामीले त्यसमा विविधता ल्याउन आवश्यक छ ।
बीबीसी



