काठमाडौ । अन्तिम पटक मुख हेर्न आउनु भनेर आफ्ना बुवालाई फोन गरेर बोलाएपछि भारतीय मोडल गुनगुन उपाध्यायले ६ तला भवनवाट हाम फालिन् । राजस्थानको जोधपुर रातानाडास्थित होटलमा बसेकी उनले छैटौं तलाबाट हाम फालेकी छन्। त्यसो गर्नुअघि उनले बुवालाई फोन गरेर यसबारे जानकारी गराएकी थिइन्। तर, उनी तल झर्नासाथ अस्पताल भर्ना गरिएको छ, अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार धेरै उचाइबाट खसेका कारण गुनगुनका करङ र खुट्टा भाँ चि एको चिकित्सकले बताएका छन्। तर, उनको अवस्था ख'तरामुक्त छ ।गुनगुन शनिबार उदयपुरबाट जोधपुर आएको प्रहरीले जनाएको छ। उनी यहाँ रातानाडाको होटलमा बसिन्। आइतबार उनले बुवालाई फोन गरेर भनिन्, ‘पापा, म अब संसार छोड्दै छु, बस मेरो अनुहार हेर्नुस्।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि बुबा गणेश उपाध्यायले प्रहरीलाई खबर गरे। एसपी देरावर सिंहले फोन नम्बरका आधारमा गुनगुनको लोकेसन ट्रेस गरी घटनास्थल पुगे। तर, त्यतिन्जेल गुनगुनले छैटौं तलाबाट हाम फालिसकेकी थिइन्।मोडललाई मथुरादास माथुर अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। गुनगुनको धेरै र ग त बगेकाले अहिले उनी बोल्न सक्ने अवस्थामा नभएको चिकित्सकले बताएका छन्। हो स आएपछि सोधपुछ गरिनेछ।

यस्तो प्रयास गर्नुको कारण खुल्न सकेको छैन। गुनगुनका बुबा गणेश उपाध्याय जोधपुरकै बजार व्यापारी रहेको प्रहरीले जनाएको छ। उनीसँग गुनगुनबारे प्रहरीले सोधपुछ गरिरहेको छ।