मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा निधन भएको छ । न्यूयोर्क सिटीको एक ६० तले भवनबाट लडेर उनको मृ,त्यु भएको हो ।ब्युटी क्विन, वकिल, फेसन ब्लगर र टेलिभिजन पत्रकारसमेत रहेकी चेस्ली आइतबार बिहान ७ बजे भवनबाट लडेकी हुन् । भवनको नवौं तलामा बस्ने चेस्लीको मृ,त्यु आत्मह,त्या लक्षित रहेको प्रहरीको दाबी छ । यद्यपि चिकित्सकले हालसम्म उनको मृ,त्युको आधिकारिक कारण बताएका छैनन् ।

चेस्लीले सन् २०१९ मा ‘मिस नर्थ क्यारोलिना यूएसए’को उपाधि जितेकी थिइन् । यसअघि उनले ‘मिस युएसए २०१९’का ताज जितेकी थिइन् । सन् २०२० मा उनको फर्मले उनलाई आफ्नो पहिलो विविधता सल्लाहकार नियुक्त गरेको थियो । यसबाहेक सन् २०१९ मा चेस्लीले एक्स्ट्राका लागि न्यूयोर्क करेस्पोण्डेन्टका रुपमा काम सुरु गरेकी थिइन् ।

चेस्लीको जन्म सन् १९९१ मा मिसिगनको जेक्सन सहरमा भएको थियो । उनी दक्षिण क्यारोलिनामा हुर्किएकी हुन् । उनले साउथ क्यारोलिना युनिभर्सिटीमा पढिन् र सन् २०१७ मा वेक फरेस्ट युनिभर्सिटी स्कुल अफ लबाट ग्राजुएसन गरिन् । चेस्लीले नर्थ क्यारोलिना फर्म पोयनेर स्प्रुइल एलएलपीमा एक वकिल र सिभिल लिटिगेटरका रुपमा काम गरेकी थिइन् ।

थप् समाचार :कोरोनाविरूद्ध खोप लगाउन एक स्वयंमसेविकाले वृद्धालाई बोकेर खोप केन्द्रसम्म लगेकी छन्।गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लगेकी हुन्।

देवकली ७९ वर्षकी भइन्। उनी हिँडेर खोप केन्द्र जान सक्थिनन्। उनलाई घरबाटै स्वास्थ्य स्वयंमसेविका थापाले बोकेर खोप लगाउन स्वास्थ्यचौकी पुर्‍याएकी थिइन्।गाउँमा यातायातको सुविधा नहुँदा बोकेरै लैजानुपरेको हो।

सरकारले चैत मसान्तभित्र सबैलाई पूर्ण खोप दिने लक्ष्य राखेको बताएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २१ भित्र मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण अनिवार्य केन्द्रमा पठाउन स्थानीय तहहरूलाई आग्रहसमेत गरेको छ।

थप् समाचार :अष्ट्रेलियन वैज्ञानिकहरुले अन्तरिक्षमा यसअघि कहिल्यै पनि देखा नपरेको एउटा अनौठो अपरिचित घुमाउरो वस्तु फेला परेको दाबी गरेका छन् । सो वस्तुले एकदम ठूलो मात्रामा रेडियो ऊर्जा फालिरहेको हुँदा प्रत्येक १८ मिनेटमा, ६० सेकेन्ड सम्मै सिग्नल पठाइरहेको बताइएको छ ।

यसरी अन्तरिक्षमा ऊर्जा फाल्ने या निकाल्ने वस्तुहरु प्रायः परिचित हुन्छन् या रेकर्डमा राखिसकिएका हुन्छन् । त्यसैले यसलाई वैज्ञानिकहरुले एकदम दुर्लभ गतिविधि बताइरहेका छन् जुन एक मिनेटसम्म ‘टर्न अन’ हुन्छ ।

विज्ञहरुको टोली यसलाई अझ स्पष्ट रुपमा बुझ्न अध्ययन गरिरहेको छ । सो वस्तुलाई पहिलोपटक अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीका खोजकर्ता टाइरोन ओडोहेर्टीले पपत्ता लगाएका थिए । उनी आफैले निर्माण गरेको नयाँ प्रविधि मार्फत टेलिस्कोपको मद्दतले उनले सो अपरिचित वस्तु फेला पारेका हुन् ।

टाइरोन, एस्ट्रोफिजिसिस्ट डाक्टर नताशा हर्ली वाकरको नेतृत्वमा परिचालित टोलीमै पर्दछन् । उनी भन्छिन्, “सो वस्तु हरेक घण्टा देखिँदै हराउँदै गरिरहेको थियो । यो वास्तवमै एकदम अनपेक्षित र कति हिसाबमा अन्तरिक्षविद्का लागि समेत एकदमै आश्चर्यजनक थियो ।

किनकी आजसम्म अन्तरिक्षमा पाइने कुनैपनि वस्तुले यस्तो गतिविधि देखाएको कसैलाई थाहा छैन । अन्तरिक्षमा पाइने वस्तु आफैँ ‘अन’ या ‘अफ’ हुनु वैज्ञानिकहरुका लागि नयाँ कुरा हो । हालै मात्र यसलाई ‘ट्रानसिएन्ट्स’ को नाम दिइएको छ ।”

तरपनि एउटा पूरै मिनेट अन रहिरहनु भनेको धेरै अनौठो कुरा भएको अर्की एस्ट्रोफिजिसिस्ट डाक्टर जेमा एन्डरसनले बताइन् । थप अध्ययनपछि सो वस्तु पृथ्वीबाट ४ हजार ‘लाइट इयर्स’ टाढा रहेको पत्ता लागेको छ । साथै यो एकदमै चमकिलो छ भने यसको चुम्बकीय क्षेत्रीय पनि अत्यन्तै शक्तिशाली रहेको बताइएको छ ।

अनुमानित थेउरीमा यसलाई कुनै नयाँ ‘न्युरोट स्टार’ या पतन भएको तारा हुन सक्ने बताइएको छ । तर अझैपनि यसबारे धेरै कुरा रहस्यमयी नै छ । यसरी थप अनुसन्धानपछि मात्र यो गतिविधि इतिहासकै पहिलो किसिमको हो या होइन भन्ने बुझ्न सकिने डाक्टर हर्ली वाकरले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah