
लामो समयदेखि रोकिएको साधारण शेयर (आईपीओ) निष्कासन सुरु भएको छ ।
आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएपछि एक दर्जन कम्पनीले आईपीओ खुलाउने तालिका तय गरेका छन् ।
इमर्जिङ्ग नेपाल लिमिटेडले २६ माघदेखि १ फागुनसम्म आईपीओ बिक्री खुला गर्न लागेको छ । कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । १ फागुनसम्म सबै कित्ता बिक्री नभएको खण्डमा भने ११ फागुनसम्म सार्न सकिने जनाएको छ ।
२ प्रतिशत शेयर अर्थात् ११ हजार ११२ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
आवेदकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।