नवलपरासी पूर्वमा एक जना अटो चालकको शव तलाउमा डुबेको अवस्थामा फेला परेको छ । जिल्लाको कावासोती नगरपालिका –१३ गैरीटोल निवासी ५२ वर्षीय माधवप्रसाद गिरी आफ्नो घर नजिकैको तलाउमा मृ’त फेला परेका हुन् । उनले चलाउने गरको अटो सडक छेउमा भेटिएको छ ।

स्थानीयका अनुसार गएराति घरमा रहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा कतै पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको ह’त्या भएको हुन हुन सक्ने आशंका स्थानीयले गरेका छन् । घ’टनास्थलमा पुगेका जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले घ’टनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

हिलो र पानी भएको तलाउमा उनको शव डुबेको अवस्थामा भेटियो , घुँडा बाहिर देख्न सकिन्थ्यो’, एसपी महर्जनले भने, ‘अहिले शव खाल्डोबाट बाहिर निकालिएको छ ।’ अनुसन्धानका लागि प्रहरीले विशेष तालिमप्राप्त कुकुर समेत घ’टनास्थलमा परिचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय