बच्चा जन्मिएपछि थुप्रै आमाको स्वभावमा चिडचिडापन देखिने गर्छ । कहिलेकाँही उनीहरु कुनै कारण बिना नै रुन्छन् त कहिलेकाँही चुप रहन रुचाउँछन् । कतिले त आ’त्मह’त्यासमेत गर्छन् । यो सबै लक्षण पोस्टपार्टम डिप्रेसनको हो ।भारतको पूर्व मुख्यमन्त्री येदुरप्पाकी नातिनीको आ’त्मह’त्याको कारण पनि यही मानसिक तनाव बताइयो । मनोविद्का अनुसार आमा बनेपछि महिलाको स्वभावमा परिवर्तनलाई नाटक ठानेर बेवास्ता गरिन्छ ।

नाटक नठान्नु, योसँग डराउनुहोस्ः

बच्चा जन्मिएपछि सबैभन्दा बढी खुसी आमा हुन्छिन् तर डब्ल्यूएचओको रिपोर्ट अनुसार सयभन्दा करिब २२ महिला बच्चा जन्मिएपछि पोस्टपार्टम डिप्रेशनसँग जुध्ने गर्छन् । भारतीय मनोविद् अनुजा कपुरका अनुसार बच्चाको जन्मको कुरालाई स्वस्थ बच्चाको जन्मसम्म मात्रै सिमित गरिन्छ जबकी यसको सीधा सम्बन्ध आमाको मानसिक स्वास्थ्यसँग पनि जोडिएको छ ।नेपालमा पोस्टपार्टम डिप्रेशनबारे खासै कुरा हुँदैन ।

तर पछिल्लो समयमा यसबारे रिचा शर्मा, प्रियंका कार्कीलगायत केही सेलिब्रिटीले बोलिदिँदा र आफ्नो अनुभव बताउँदा धेरैलाई ‘ए, यो त यस्तो रहेछ’ भन्ने थाहा हुन थालेको छ । भारतमा पनि यसबारे केही सेलिब्रिटीले आफ्नो अनुभवबारे साझा गरेका छन् । हेमा मालिनीकी जेठी छोरी ईशा देओल तख्तानीले पेरेन्टिङबारे आफ्नो किताबमा आफूले भोगेको तनावबारे लेखेकी छिन् ।

नायिका समिरा रेड्डी र मन्दिरा बेदीले पनि यसको नकारात्मक अनुभव बटुलिसकेका छन् ।भारतमा पोस्टपार्टम डिप्रेशनमा गरिएको डा. रवि प्रकाश उपाध्यायको शोधका अनुसार यस्ता आमाका बच्चा हुर्किएपछि उनीहरुको स्वभाव र आपसी सम्बन्धमा असर देखिन्छ ।

मुड स्विङलाई परिवारले बेवास्ता गर्न नहुनेः

नयाँ आमाको मुड स्विङलाई ‘बच्चा त सबैले पाउँछन् तर यस्तो त कसैलाई पनि हुँदैन, तिमी त अचम्मको रहेछौ’ भनेर बेवास्ता नगर्नुहोस् । अनुजा भन्छिन्, ‘कुनै महिलाको सहनशीलता भिन्न हुन्छ भन्ने कुरा परिवारले बुझ्न सक्दैनन् । केही महिलामा यो डिप्रेशन दुई दिन त केहीमा दुई वर्षसम्म रहन्छ ।’

अनुजा थप्छिन्, ‘मेरी एक ग्राहक दुई वर्ष अघि आमा बनेकी थिइन् तर उनी अहिले पनि डिप्रेशनमा छिन् । बच्चा जन्मिएपछि आमाको शारीरिक बनावट फेरिन्छ, सेक्सुअल डिप्रेसन हुन्छ , नयाँ जिम्मेवारीको विषयमा तनाव हुन्छ । तनाव यति बढ्ने गर्छ कि श्रीमानले केयर गर्दा पनि उनलाई उपेक्षा गरेको जस्तो लाग्छ । ’

के हो बेबी ब्लुज ?

मनस्थलीकी फाउन्डर सिनियर साइकेट्रिस्ट डा. ज्योति कपुरका अनुसार साधारणतया गर्भवती भएपछि हुने साइकेट्रिस्ट डिसअर्डरलाई ‘पोस्टपार्टम ब्लू’, पोस्टपार्टम साइकोसिस र पोस्टपार्टम डिप्रेशनमा बाँडिएको छ । संसारभरी एक हजारमध्ये ७५० महिला ‘पोस्टपार्टम ब्लुज’ को शिकार हुन्छन् । यसबाट हुने मानसिक तनाव केही दिन वा हप्ताभरी समाप्त हुन्छन् ।

कहिले खतरनाक हुन्छ यो तनाव ?

विश्वमा एक हजार आमामध्ये करिब १ देखि ३ प्रतिशतलाई मात्रै ‘पोस्टपार्टम साइकोसिस’ हुन्छ । बच्चा जन्मिएपछि हुने यो मानसिक समस्यालाई ख’तरनाक मानिएको छ । यसमा उपचार निकै आवश्यक मानिन्छ । शिशु जन्मिएको महिना दिनभित्र यसको लक्षण देखिन थाल्छन् ।तेस्रो समस्या अर्थात् पोस्टपार्टम डिप्रेशनको सुरुवात बच्चा जन्मिनु अघि गर्भावस्थाका बेला सुरु हुनसक्छ र बच्चा जन्मिएपछि आमा र बच्चालाई थप प्रभावित पार्ने गर्छ ।

पीडालाई यसरी गर्न सकिन्छ कमः

डा. रवि प्रकाशले आफ्नो शोधमा पाए अनुसार बच्चा जन्मिएको ४८ घण्टाभित्र धेरैजसो महिला अस्पतालबाट डिस्चार्ज हुने गर्छन् । पोस्टन्याटल केयर (शिशु जन्मिएपछि गरिने हेरविचार) का लागि मानिसमा कम जागरुकता छ । यस्तोमा आमा बनेपछि हुने परिवर्तन नजरअन्दाज हुने गर्छन् ।

यस्तै मनोविद् अनुजा कपुरका अनुसार शिशु जन्मिएपछि नयाँ आमाले स्त्रीरोग विशेषज्ञकमा साथै मनोविद्को समेत मद्दत लिनुपर्छ । यसका लागि डिप्रेसनको प्रतीक्षा गर्नु हुँदैन । बच्चाको योजना गर्ने बेला नै परामर्श सुरु गर्नुपर्छ । यसले उनीहरु भविष्यमा हुने तनावबाट बच्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय