झापाको मेचीनगर नगरपालिका–६ मा रहेकाे जुत्ता कारखानामा आगलागी भएको छ । बिहीबार दिउँसो एसएस फुटवेयरमा आगलागी भएको हो ।

बिजुली सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाको दमकल बिग्रिएकाले छिमेकी नगरपालिका भद्रपुर र बिर्तामोडबाट दुई वटा दमकल आगो निभाउन आएका छन् । अहिले आगो निभाउने प्रयास भइरहने पनि आगलागी नियन्त्रणमा आएको छैन । आगलागी निभाउन प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायत खटिएका छन् ।