मोरङको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुईवटा शव अन्यत्र ह’त्या गरेर त्यहाँ ‘व्यवस्थापन’ गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो ।माघ १३ मा भेटिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको छ । अर्को शव सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव भेटिएसँगै जिल्ला प्रहरी कार्यालय मोरङले घ’टनाबारे अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म हत्या गरिएको घ’टनास्थल पत्ता लागेको छैन ।‘घ’टनास्थल अझैसम्म पत्ता लागेन’ मोरङका एसपी जनार्दन जिसीले भने ‘घ’टनास्थल पत्ता लगाउन हामी लागिरहेका छौं ।’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उखुबारीमा ह’त्या भएको प्रमाण फेला परेका छैन ।

मृ’तक चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । उनी काठमाडौंको क्षेत्रपाटी बस्थे । जग्गा कारोबार र ठेक्कापट्टा गर्ने चौधरी काठमाडौंबाट ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँगै काठमाडौंबाट मोरङ गएका थिए । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् । श्रेष्ठ पनि जग्गा कारोबारी हुन् । श्रेष्ठ र चौधरी काठमाडौंबाट सँगै एक महिनाअघि बिराटनगर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आर्थिक लेनदेन

मृ’त फेला परेका श्रेष्ठ र चौधरीको अन्य व्यक्तिहरुसँग आर्थिक लेनदेन देखिएको छ । ‘मृ’तक दुबैले केही व्यत्तिहरुसँग पैसा लिनुपर्ने र कसैलाई दिनुपर्ने देखिएको छ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले रातोपाटीसँग भने, ‘ह’त्याको मुख्य कारण लेनदेन नै भएको हाम्रो निष्कर्ष छ ।’काठमाडौंबाट बिराटनगर जाँदा श्रेष्ठ र चौधरीसँगै अर्को एकजना पनि एउटै गाडीमा गएको देखिएको छ । सँगै गएका तेस्रो व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृ’तकहरुसँगै जग्गा कारोबार गर्ने अर्का एकजना फ्लाइटमा विराटनगर गएको खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार मृ’तक दुईजना बाहेक उनीहरुको समूहका थप दुईजनाको उपस्थिती मोरङमा देखिएको छ ।राजेन्द्र कुमार श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । ‘उहाँ एक महिनाअघि भक्तपुरबाट हिँडेको थाहा भएको छ’ मोरङका एसपी जनार्दन जिसीले भने–‘परिवारसँग एकमहिना अघिदेखि सम्पर्क भएको देखिँदैन ।’

राजेन्द्र कुमार श्रेष्ठ बेला–बेला हराइरहन्थे, ८–१० दिनमा घर जान्थे । ‘दुईचार दिन आउदिनँ’ भनेर हिँड्ने बानी भएको हुनाले परिवारले पनि लामो समय सम्पर्क नहुँदा चासो गरेनन् ।

डीएसपीको टोली काठमाडौंमा

घ’टना अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डीएसपी मन्जिल मुकारुङ नेतृत्वको टोलीले काठमाडौंसम्म आएर अनुसन्धान गरेको बुझिएको छ । ह’त्यामा उपत्यकामा बस्ने व्यक्तिहरु नै संलग्न भएको निष्कर्षसहित टोलीले काठमाडौं आएको हो ।‘गहन तरिकाले अनुसन्धान भइरहेको छ’ मोरङका एसपी जिसीले भने, ‘तर, सार्वजनिकरुपमा भन्नेगरि प्रगति भैसकेको छैन, अनुसन्धान जारी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय