ब्लेडले आफ्नै घाँ’टी का’ट्दा विराटनगर महानगरपालिका–१५ का एक जना पुरुष गम्भीर घाइते भएका छन् । विराटनगर–१५ का ५० वर्षीय बलराम चौधरीले आज (बिहीबार) बिहान ब्लेडले आफ्नै घाँ’टी का’टेको प्रहरीले जनाएको छ । घाँटी का’टेपछि गम्भीर घाइते भएका उनको उपचार जारी छ ।
उपचारका लागि कोसी अस्पताल ल्याइएका चौधरीलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ब्लेडले काटेको ठाउँबाट रगत बगिरहेको छ । घाँटी का’टेर चौधरीले आ’त्मह’त्याको प्रयास गरेको हुन सक्ने उनले बताए । चौधरीले आफ्नै घाँ’टी का’ट्नुपर्ने कारण खुल्न बाँकी रहेको र घ’टनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



