आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो विहिबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० ले घटेको हो । हिजो प्रतितोला ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहिबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।