काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२, थेचो बसपार्कमा रहेको घरमा बिहीबार साँझ एकहुल प्रहरी छिर्दा जमुना थापा मगर छक्क परिन् ।घरधनी छोरो प्रदीप थापा मगर वैदेशिक रोजगारीका लागि दुबईमा थिए, बुहारी दिप्ती माइतमै बस्थिन् ।जमुनाले प्रहरीलाई घरमा ताला फो’ड्न खोज्नुको कारण सोधिन् । प्रहरीले घर पछाडि खो’स्रिएको जस्तो ठाउँ देखाउँदै ‘एक जना व्यक्तिको शव हुनसक्ने आशंका गरेको’ बताए ।

जमुनाले जवाफ फर्काइन्, ‘के–को शव हुनु वेलावेला मुसाले खोस्रिराख्छ, मैले त इँटो पनि राख्दिन्थे, त्यही हो ।’उनलाई त्यहाँ कसैको वि’भत्स तरिकाले ह’त्या गरेर शव गा’डिएको होला भन्ने कल्पनै थिएन । तर सँगै रहेको अर्को छोराको घरको छतबाट हेर्दाहेर्दै प्रहरीले शव निकाल्यो । जमुनाले  सुनाइन्, ‘शव देख्दा त झसंग भए, अनुहार चिनिने अवस्थामै थिएन ।

उनका अनुसार तीनै छोरा विदेश छन्, थेचोमा दुई छोरा प्रदीप र देवराजको घरसँगै थियो । प्रदीपको घर पछाडि खाल्टोमा गा’डिएको अवस्थामा तेह्रथुम, संग्रान्ती गाउँपालिका–२ का ६२ वर्षीय मोहन लिम्बुको शव बरामद भएको छ ।

गोदावरी नगरपालिका–४ की वडा सदस्य शोभा कार्कीका अनुसार प्रदीपको घर बाल संसार नामक मन्टेश्वरीलाई भाडामा दिइएको थियो । ‘कोरोना महामारीका कारण मन्टेश्वरी चलेन, बन्द भएपछि घरमा ताला थियो’ कार्कीले सुनाइन्, ‘तीन महिना अघि मात्रै मान्छे बस्न थालेका रहेछन् ।’

शव गलाउन नुनको प्रयोग

जुमनाका अनुसार घर खाली भएपछि बुहारी दिप्तीले फेसबुकमा कोठा खाली रहेको सूचना पोष्ट गरेकी थिइन् । फेसबुकबाटै उनले मासिक ३० हजार तिर्ने गरी अनिल मण्डललाई घर भाडामा दिएकी थिइन् । जमुना भन्छिन्, ‘अनलाइनबाट भाडामा दिएको भन्ने थाहा थियो, तर को आउँछन्, जान्छन्, देखिन्नथ्यो ।’उनी कहिले काहीँ प्रदिपको घरमा जानखोज्थिन्, तर सधैँ ताला लागेको हुन्थ्यो ।

‘वेलावेला गोडमेल गर्न मन लाग्थ्यो, तर भित्र छिर्न पाइन्थ्यो, कहिल्यै मान्छे पनि देखिएन’ उनी भन्छिन्, ‘यताकी बुहारीले पनि एकपटक मात्र इन्डियन जस्तो मान्छे देखेकी रैछिन् ।’छिमेकी अस्मिता थापा पनि ‘नयाँ मान्छेलाई घर भाडामा दिएको भन्ने मात्र सुनेको’ बताउँछिन् । बिहीबार एकाएक घर पछाडि खाल्डो खनेर मान्छे पुरेको सुन्दा अचम्म लागेको उनले बताइन् । ‘डो’रीले बाँ’धेर शव राखेर नुन हालेर माथिबाट डलान गरेको रहेछ ।

घ’टनास्थलमा भेटिएकी थापाले भनिन्, ‘खनेकाले होला, छेउछाउ जाँदा पनि एकदम गन्ध आइरहन्छ ।’नजिकै रहेको किराना पसलका सञ्चालक गोविन्द महर्जन चाहिँ कहिलेकाहीँ शव भेटिएको घरबाट ३/४ जना रासन लिन आउने गरेको बताउँछन् । ‘गार्मेन्टको काम गर्ने भन्थे, धेरै कुरा हुँदैन्थ्यो’ उनले भने, ‘अहिले शव भेटिएको सुन्दा पो छक्क परेँ ।’

आजै बिराटनगर लगिएका थिए मुख्य आ’रोपी

मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरको वस्ती नजिकै रहेको उखुबारीमा १३ माघमा दुई जनाको शव भेटिएको थियो । उखुबारीमा काम गर्ने मजदुरले शरीरको केही भाग गा’डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।चार/पाँच दिनसम्म पनि मौन बसेका मण्डललाई बिहीबार दिउँसो १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मोरङ लगिएको थियो । मोरङमा उनलाई सहयोग गर्ने दुई जना पहिल्यै हि’रास’तमा पुगिसकेका थिए ।

त्यसैले उनले आफ्नो अ’पराध लुकाउन सकेनन् घ’टनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले १३ गतै नै एउटा शव फेला पारेको थियो, त्यसको नजिकै पनि एउटा शंकास्पद खा’ल्डो फेला परेको थियो । अर्को दिन त्यहाँ उत्खनन् गर्दा थप एक जनाको शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा उखुबारीमा भेटिएको शव राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरीको भएको खुल्यो । भक्तपुरका श्रेष्ठ लेनदेन मिलाउनु छ भन्दै मंसिर पहिलो साता पूर्वतिर हिँडेको उनको परिवारले बतायो । कल डिटेल रेकर्ड (सीडीआर) ले पनि त्यही संकेत गर्छ । उनीसँग स’म्पर्क भएकाहरुको विवरण खोतल्दै जाँदा प्रहरीले चौधरी, मण्डल र बिहीबार शव भेटिएका मोहन लिम्बुको कनेक्सन फेला पार्‍यो ।

‘शम्भुको शव भेटिइहाल्यो, अनिल मण्डल र मोहन लिम्बु चाहिँ कता छन् भनेर खोज्दा लिम्बुको मोबाइल अफ थियो, मण्डल चाहिँ ललितपुरतिरै देखिए’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसपछि अ’पराध अनुसन्धान महाशाखाले उनीसहित केहीलाई निगरानीमा राखेर सोधपुछ गर्‍यो, तर उनले कसूर स्वीकारेनन् ।’चार/पाँच दिनसम्म पनि मौन बसेका मण्डललाई बिहीबार दिउँसो १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मोरङ लगिएको स्रोत बताउँछ ।

मोरङमा उनलाई सहयोग गर्ने दुई जना पहिल्यै हि’रासतमा पुगिसकेका थिए । ‘प्रमाण अगाडि भएपछि उनले पनि इन्कार गर्न सकेनन्, लिम्बुको पनि ह’त्या गरिसकेको खुलाए’ प्रहरी स्रोत भन्छ, ‘थेचोमा रहेको गोदाम पछाडि गाडेको बताएपछि जिल्लाबाट एक जना डीएसपी सा’बलाई नै काठमाडौं पठाएका थियौं ।डीएसपी, अ’पराध महाशाखाको टोलीसँगै थेचो गए, नभन्दै शव पनि त्यहीँबाट बरामद भयो ।

घर पछाडि शव गा’डिएको स्थान ।
एक महिनाअघि सँगै लिएर गएर ह’त्या

जिल्ला प्रहरी कार्यालय, मोरङले गरेको अनुसन्धानका क्रममा मण्डल २८ मंसिरमा बिराटनगर गएको देखिन्छ । ‘त्यतिवेला विराटनगरमा मारिएका राजेन्द्र र शम्भु पनि उनीसँगै गएका थिए’ एक अधिकृतले भने, ‘थेचोमा लिम्बुको ह’त्या भइसकेको रहेछ, तर राजेन्द्र र शम्भुलाई थाहै थिएन ।’स्रोतका अनुसार बिराटनगर पुगुञ्जेल मण्डल अर्का साझेदार लिम्बु पनि आउँछन् भनिरहेका थिए ।

केही दिन बिराटनगरमै बस्दा पनि उनीसँग सम्पर्क भएन । राजेन्द्र र शम्भुले सोधीखोजी गरिरहे । तर मोहनबारे जानकारी नपाउँदै अनिलले केही व्यक्तिको सहयोग लिएर राजेन्द्र र शम्भुको पनि ह’त्या गरेको प्रहरी बताउँछ ।अनुसन्धान अधिकृतका अनुसार तीनै जनाको घाँ’टीमा डो’रीले क’सेर ह’त्या गरेको देखिन्छ ।

त्यसपछि शवलाई खाल्डो खनेर गा’ड्ने प्रयास गरिएको छ । ‘बिराटनगरमा शव नभेटिएको भए यो घ’टना बाहिर नआउन पनि सक्थ्यो, अथवा लामो समय लाग्न सक्थ्यो’ एक अधिकृत भन्छन्, ‘उनले पर्फेक्ट योजना बनाएका थिए, तर ३/३ जनाको ह’त्या लुकाउन कहाँ सजिलो थियो र !’

स्रोतका अनुसार चार जना मिलेर जग्गा, हाइड्रो पावर, सिमेन्ट उद्योग लगायतमा लगानी गरेका थिए । ‘एउटा व्यवसायको एक करोड बढी कमिसन आउँदै थियो, त्यही लोभमा मण्डलले तीन जनाको ह’त्या गराएको देखिन्छ’ ती अधिकृत भन्छन्, ‘ह’त्यामा उनले पैसा दिएर सहयोगीहरु प्रयोग गरेको पाइयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah