काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले मूल्य बढाएपछि वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएका छन् ।वायुसेवा सञ्चालक संघले नयाँ निर्णय गर्दै विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो ।जसअनुसार विभिन्न गन्तव्य अनुसार न्यूनतम ९० रुपैयाँदेखि ४४५ रुपैयाँसम्म हवाई भाडा बढेको छ ।जसमा सबैभन्दा कम काठमाडौं–सिमराको रुटमा ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौं–धनगढीको हकमा ४४५ रुपैयाँले भाडा वृद्धि भएको छ ।नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनमा हाल १५ दिनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा घाटा व्यहोर्दै आएको छ ।

कुन गन्तव्यको भाडा कतिले बढ्यो ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै आज त्रिचन्द्र क्याम्पस अगाडिको सडकमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान ३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । बाह्य हवाई इन्धनको मूल्य १०० डलर प्रतिकिलोलिटर वृद्धि गरेको थियो ।

मूल्यवृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल रु १४२, डिजेल र मट्टितेल रु ११५ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्य १० रुपैयाँ बढाएर प्रतिलिटर ११६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य १०० डलरले बढाएर प्रतिकिलोलिटर एक हजार ९५ डलर निर्धारण गरेको छ ।