देशभरको मौसममा आइतबारदेखि सुधार आउने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भने रहेको मौसमविदले बताएका छन् । अहिले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भू–भागका केही स्थानमा हुसु–कुहिरो लागेको छ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।यस्तै राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मौसम सुधार हुने क्रम जारी रहे पनि देशभर चिसो भने अत्याधिक रहेकाले स्वास्थ्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।गएको बिहीबारदेखि नै देशभर बदली तथा वर्षा एवम् उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो । यो हिउँदमा परेको पानी तथा हिमपातले जाडो तथा तत्काल जनजीविका प्रभावित भए पनि कृषिका लागि भने फाइदा हुने बताइएको छ ।