
काठमाडौं । साँफे–मार्तडी सडकखण्ड अन्र्तगत बाजुराको बुढीगंगा नगरपालिका–६ मा गएराती मोटरसाइकल दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दु’र्घटनामा मृ’त्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनार रहेका छन् । उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राती पौने २ बजे मृ’त्यु भएको हो ।
दु’र्घटनामा घा’इते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साँउदको सोही अस्पतालमा उपचार भइरहेको छ । फालासैनबाट बाक्का तर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे दु’र्घटना भएको प्रहरी चौकी बार्जुगाडले जनाएको छ । मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी रहेको छ ।