काठमाडौं– ३ माघ २०६७ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढा बेपत्ता भए । उनी एक्कासी बेपत्तापछि खोजतलास भयो । घरपरिवारका सदस्यदेखि स्थानीय र प्रहरीसमेत खोजीमा जुटे । तर फेला परेनन् । तर, सोही क्रममा खुल्यो– बुढा अ’पहरणमा परेको भन्ने ।प्रहरीको शंकाको घेरामा परे स्थानीय केही युवा । त्यसमध्येका हुन्– सौभाग्य मल्ल, प्रशन्न मल्ल, कृष्ण थापा, सरोज गोले र दिनेश शाही ।
उनीहरू गाउँबाट फरार थिए । प्रहरी एकातिर फरार भएकाहरू र अर्कातिर अ’पहरणमा परेका हिमालको खोजीमा सक्रिय भयो । अन्नतः ११ दिनपछि १४ माघ २०६७ मा हिमालको शव जिल्लाकै कोहलपुर नगरपालिका–२ मा स’डेगलेको अवस्थामा फेला प¥यो ।उनको शव परीक्षण भयो ।
बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेका अनुसार शव परीक्षण प्रतिवेदनमा हिमालको मृ’त्युको कारण घाँ’टीमा डोरीले क’सिँदा श्वासप्रस्वास अ’वरुद्ध हुँदा उल्लेख थियो ।डीएसपी न्यौपाने थप्छन्, ‘अनुसन्धानको क्रममा हिमालको अ’पहरण झ’गडा कारण भएको पनि खुल्यो ।’ यसपछि प्रहरीले घ’टनामा आशंकितहरूको खोजी गर्ने क्रममा प्रशन्न पक्राउ परे । उनी नेपालगञ्ज नगरपालिका–१७ का हुन् ।
आ’शंकित मध्येका कृष्ण थापा पनि पक्राउ परे ।सौभाग्य, सरोज र दिनेश भने फरार नै थिए । तर, सौभाग्य भने शुक्रबार गोरखाबाट परे । उनलाई आइतबार जिल्ला अदालत बाँकेमा प्रहरीले पेश गरेको छ । डिएसपी न्यौपानेले सौभाग्यविरुद्ध अ’पहरण र कर्तव्य ज्या’न सम्बन्धी मु’द्दा अदालतमा दर्ता रहेको बताए । अब थुनछेक बहस हुने न्यौपानेको भनाइ छ ।यसअघि सोही मु’द्दामा दो’षी ठ’हरिएपछि जिल्ला अदालत दैलेखबाट १० वर्ष कै’द भुक्तान गरेर कारागारमुक्त भएका छन् । कसूर गरेको ठहर नभएपछि कृष्ण भने हाजिरी जमानीमा छुटेका छन् ।
दिनेश र सराज भने अझै फरार छन् । उनीहरूको ठेगाना समेत प्रहरीलाई थाहा छैन । ठेगाना नै थाहा नभएपछि प्रहरीलाई उनीहरूको तीन पुस्ते थाहा हुने कुरै भएन । जसले उनीहरूको खोजीमा प्रहरीलाई सकस परेको छ । ‘घ’टनापछि नै सरोज र दिनेशको पनि हामीले खोजी गरेका हौँ ।
तर, उनीहरूको ठेगाना खुलेको छैन । त्यसो हुँदा तीन पुस्ते खुल्ने कुरै भएन,’ डीएसपी न्यौपानेले भने, ‘सोहीकारण हामीले उनीहरूलाई फेला पार्न सकेका छैनौँ ।’अ’पहरण सम्बन्धी अधिकांश घ’टनामा फिरौती माग्ने हुन्छ । तर, हिमालको अ’पहरणपछि ह’त्या भएको घ’टनामा भने फिरौती पनि नमागेको पाइएको प्रहरीले जनाएको छ ।



