पछिल्ला वर्षहरुमा युनाइटेड अरब ईमिरेट्स (यूएई) मा आ’त्मह’त्या गर्ने नेपालीहरुको संख्या बढ्न थालेको छ । भिजिट भिसामा यूएई आएर आ’त्मह’त्या गर्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । भोजपुरका सागर राईले गत वर्ष मार्चको २३ तारिखमा दुबईको मरिना जुमेराबाट समुद्रमा हाम फालेर आ’त्मह’त्या गरे । दलाललाई ३ लाख दिराम तिरेर राम्रो कामको आशामा यूएई आएका राईले दलालले भने जस्तो काम नपाएपछि आ’त्मह’त्याको बाटो रोजेका थिए ।
श्रम स्वीकृति नलिइकन भिजिट भिसामा आएकोले उनले नेपाल सरकारबाट पाउने कुनै पनि क्ष’तिपू’र्ति समेत पाएनन् ।धादिङकी रेणु थापाले सन् २०२० डिसेम्बर २६ तारिखका दिन दुबईमा आ’त्मह’त्या गरिन् । दलालमार्फत अध्यागमन सेटिङ गरेर भिजिट (पर्यटक) भिसामा यूएई आएकी थापाले के कारणले आ’त्मह’त्या गरिन् अहिलेसम्म खुल्न सकेको छैन । परिवारको सहमतिमा उनको शव यूएईमै दा’हसंस्कार भयो । उनकी २ जना छोरीहरू छन् ।
थापाले भिजिट भिसामा यूएई आउनको लागि दलाललाई १ लाख ३० हजार रुपैयाँ तिरेकी थिइन् ।त्यसैगरी, स्याङ्जाका राजकुमार श्रेष्ठ र नवलपरासीका बिबेक थापाले पनि यूएईमै आएर आ’त्मह’त्या गरे। उनीहरु दुवैजना अध्यागमन सेटिङ मार्फत भिजिट भिसामा यूएई आइपुगेका थिए । राजकुमार र बिबेकले पनि अरु झै दुईदेखि तीन लाख रुपैयाँ दलाललाई बुझाएका थिए । काभ्रेपलान्चोक चौरी देउरालीका लक्षुराम तामाङको शव ३ महिना सम्म अलपत्र पर्यो ।
भिजिट भिसामा गत साल असोज २२ गते यूएई आएका उनी यूएई पुगे लगत्तै बे’पत्ता भएका थिए । यूएईको स्थानीय प्रहरीले तामाङको बारेमा नेपाली दूतावासलाई जानकारी गराएपछि मात्र सवारी दु’र्घटनामा उनको मृ’त्यु भएको परिवारले थाहा पाए । त्यसैगरी सिन्धुपाल्चोक घर भएका बिकास भुजेल यूएई आउने बित्तिकै बे’पत्ता भए । उनको पनि मृ’त्यु भईसकेको थियो ।
मृ’त्यु भएको महिनौ दिन सम्म पनि उनको आफन्त सम्पर्कमा नआए पछि स्थानीय प्रहरीले नेपाली दूतावासलाई खबर गर्यो । भिजिट भिसामै आएका उनी को हुन्, कहिले र कसरी मृ’त्यु भयो भन्ने बारे पत्ता लगाउन दूतावासलाई निकै कठिन पर्यो । ऋ’ण गरेर दलाललाई ३ लाख रुपैयाँ बुझाएर यूएई आएका भुजेलको शब नेपाल फर्काउन परिवारले सार्वजनिक रुपमै हार गुहार गर्नु पर्यो ।
नेपाली दूतावास अबुधाबीका अनुसार सन् २०२१ मा भिजिट (पर्यटक) भिसामा यूएई आएर मृ’त्यु भएका नेपालीहरुको संख्या १२ जना रहेको छ । रुकुमका मिलन घर्ती मगर, उदयपूरका स्वस्ती विश्वकर्मा, सुनसरीका भोजराज सन्जेल, काठमाडौँकी पूर्ण शोभा मानन्धर, नुवाकोटका अम्बर बहादुर गुरुङ, दाङका बिबस केसी र सर्लाहीका बुद्द सिंह वाइबाको बिभिन्न कारणले यूएईमा मृ’त्यु भएको हो ।
उनीहरु सबै जनालाई दलालले अध्यागमन सेटिङ मार्फत भिजिट भिसामा यूएई ल्याएका थिए । भिजिट भिसामा आएर मृ’त्यु हुनेहरु मध्ये ५ जनाको मृ’त्यु कोभिड–१९ को कारण भएको थियो । उनीहरुको शवलाई यूएईमै ब्यवस्थापन गरिएको छ । भिजिट भिसामै आएका अन्य ३ जनाको मृ’त्यु भने हृ’दयघातका कारण भएको दूतावासले जनाएको छ ।
नेपाली दूतावास अबुधाबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा यूएईमा १३८ जना नेपालीहरुको मृ’त्यु भएको छ । जसमध्ये २८ जनाले आ’त्मह’त्या गरेका थिए । सन् २०१८ मा यूएई आएर आ’त्मह’त्या गर्नेको संख्या ३३ जना रहेको थियो । त्यसैगरी २०१९ मा १७ र सन् २०२० मा ४४ जनाले आ’त्मह’त्या गरेका थिए । आ’त्मह’त्या गर्ने मध्ये ४३ प्रतिशत भिजिट भिसामा यूएई आएका नै छन् ।
गत बर्ष कोभिड–१९ को कारण मा’नसिक त’नावले गर्दा पनि धेरै नेपालीहरुले आ’त्मह’त्या गरेको बताइन्छ । सन् २०२० मा कोरोनाको कारण यूएईमा ३२ जना नेपालीहरुको मृ’त्यु भयो । सन् २०२२ को दोश्रो हप्ता सम्म १५ जना नेपालीहरुको मृ’त्यु भईसकेको छ । यसमा पनि आ’त्मह’त्या गर्नेहरुको संख्या ३ जना रहेको छ । उनीहरु भिजिट भिसामा काम खोज्न यूएई आएका थिए ।
राम्रो कमाई हुने आशामा दलालमार्फत अध्यागमन सेटिङ गरेर भिजिट भिसामा यूएई आएकाहरु पछिल्लो समय मृ’त्यु हुने क्रम पनि निकै बढेको छ। भिजिट (पर्यटक) भिसामा यूएई आउनेहरु काम खोज्नेको लागि आफ्नो देश छोडेका हुन्छन् । ठुलो धनराशि खर्चेर धेरै पैसा कमाउने सपना बोकेर भिजिटमा आउने अनि भनेजस्तो नभएपछि निराश भएर आ’त्मह’त्या गर्नेहरु धेरै छन् । भने, कतिपयले पारिवारिक त’नावका कारण पनि आ’त्मह’त्या गर्ने गरेको पाइन्छ ।
दलालहरूको प्रलोभनमा परेर परिवारलाई समेत जानकारी नदिई यूएई आउने भएकाले कुनै पनि कारणले मृ’त्यु भएमा उनीहरुको पहिचान गर्न कठिन हुने गरेको पाइन्छ ।कोरोना महामारीको पछिल्लो अवस्थामा पनि गत एक बर्षमा ८० हजारको हा’राहा’रीमा नेपालीहरु भिजिट भिसामा काम खोज्न यूएई आएका छन् । कोभिडका कारण पूर्ववत् अवस्थामा नफर्किएको यूएईको श्रम बजारले यति धेरै नेपालीलाई रोजगारी दिन नसकेपछि अ’लपत्रका केसहरू हरेक दिन सार्वजनिक हुन थालेका छन् । कोरोना म’हामारी भन्दा अगाडि बर्षेनी २ लाख नेपालीहरु भिजिट (पर्यटक) भिसामा यूएई आउने गरेको देखिन्छ ।
उनीहरुमध्ये अधिकाँश बैदेशिक रोजगारीको खोजीको लागि आएका हुन् । यूएई आउने भिजिट भिसाको सालाखाला खर्च प्रति ब्यक्ति २ लाख रुपैयाँ मात्र आधार मान्ने हो भने पनि बर्षेनी अर्बौँ रुपैयाँ खर्च हुने गरेको देखिन्छ ।बर्षेनी यतिधेरै नेपालीहरुले एउटै मुलुकमा गएर आ’त्मह’त्या गर्दा पनि सरकारले यसबारे कुनै चासो देखाएको छैन ।
नेपाली दूतावास अबुधाबीका राजदूत कृष्ण प्रसाद ढकालले बैदेशिक रोजगारीको लागि पर्यटक भिसामा बिदेश गएर आ’त्मह’त्या गर्नु दुःखद भएको बताए । नेपालीहरुले यूएईमा आएर आ’त्मह’त्या गर्नुको पछाडि दलालले भने जस्तो काम नपाउनु र आए पछि मात्र आफू ठ’गिएको थाहा पाउनु, जसको कारण मानसिक त’नाबले आ’त्मह’त्या रोजेको हुनसक्ने उनको भनाई छ। यद्दपि, यसबारे ठोस् अध्ययन हुन जरुरी रहेको उनले बताए ।
नेपाल सरकारले अ’बैध रुपमा भिजिट भिसाको कारोबार गर्ने मानब त’स्करहरुलाई कानूनी का’रबाहीको दायारामा ल्याउन हालसम्म कुनै पहल गरेको छैन । भिजिट भिसाका दलालहरु खुलेआम गाउँगाउँ पुगेर भिजिटको विज्ञापन गरिरहेका छन् । अहिले पनि यूएईका गल्ली गल्लीहरुमा भिजिट भिसाका द’लालहरु भेटिन्छन् । यूएई हुँदै अवैध बाटोबाट तेस्रो मुलुकहरुमा जाने नेपालीहरुको संख्या पनि उत्तिकै भेटिन्छन् । न त द’लालमाथि का’रबाही नै भएको छ ।
न पी’डितहरू रोजगारी नपाएर अ’लपत्र भई फर्केर उजुरी गर्दा पनि गृह र श्रम प्रशासनबाट उचित न्याय पाएका छन् । झनै सरकारले रोजगारीकै लागि भिजिट भिसामा जानुपर्ने बाध्यकारी अवस्थालाई सम्बोधन गर्नुको सट्टा बन्द गर्ने अव्यावहारिक नीति लियो । यो नीतिले नेपाली नागरिक अन्तर्राष्ट्रिय बजारमा भिजिट भिसामा जान अझै योग्य छैनन् भन्ने सन्देश दिएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालीको पहुँच सहज बनाउन भिसा फ्री दिनुपर्ने सरकारले उल्टो नेपालीलाई भिजिट भिसा नदिने निर्णय गलत छ।
भिजिटमा गएका नेपालीहरुको तथ्यांक नेपाल सरकारसँग नहुने र उनीहरु श्रम नगरिकनै बिदेश जाने हुनाले बिदेशमा बिरामी भएमा, दु’र्घटना भई अ’ङ्गभ’ङ्ग भएमा वा कुनै कारणले मृ’त्यु भएमा कुनै पनि किसिमको सहयोग पाइदैन । यूएईको कानूनले आ’त्मह’त्या गर्नेहरुको हकमा जीवन बिमाको रकम समेत दा’बी गर्न पाइन्न ।
श्रम नगरी बैदेशिक रोजगारीको लागि आएकाहरुको कुनै कारणबस मृ’त्यु भएमा उनीहरुका परिवारले नेपाल सरकारबाट प्राप्त गर्ने क्ष’तिपू’र्तिबाट समेत बन्चित हुनु पर्नेछ । यदि श्रम गरेर कानूनी प्रकृया पुरा गरेकाको हकमा भने सरकारले आवश्यक सहयोग गर्छ ।तसर्थ, भिजिट भिसामा जानेहरुको बीमा अनिवार्य गरिनुपर्छ । विदेशमा केही कारण दु’र्घटना भएर घाइते भए वा मृ’त्यु भएमा बीमाले खर्च धान्ने ब्यवस्था गर्न जरुरी देखिन्छ ।



