लामो समय रोजगारीको सिलसिलामा इजरायलमा बसेर गत शुक्रबार फेब्रुअरी ४ तारिख नेपाल प्रस्थान गरेकी ग्याष्ट्रिक क्यान्सर पि’डित ताप्लेजुङकी ४५ बर्षिया अर्चना चोङवाङको आज मंगलबार नेपालमा निधन भएको छ । वैदेशिक रोजगारको सिलसिलमा इजरायलमा रहेकी चोङवाङ शुक्रवार नेपाल फर्केकी थिइन् । उनलाई परिवारको सहमतिमा डाक्टरको सल्लाह बमोजिम गत शुक्रबार मेडिकलइस्कर्ट सहित ईजरायलबाट नेपाल पठाइएको थियो ।

शुक्रवार नेपाल फर्किएकी उनको आज मङ्गलबार निधन भएको हो ।नेपाली राजदूतावास तेल अबिब ईजरायल ले अर्चनाको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । अर्चनाको निधन प्रति एक सूचना जारी गर्दै दूतावासले मृ’तात्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । किराँत याक्थुङ चुम्लुङ इजरायलकि सदस्य समेत रहेकी अर्चना चोङवाङप्रति कियाचु इजरायलले पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

दूतावासले जारी गरेको संम्वेदना

हार्दिक श्रद्धाञ्जली!!

नेपालको ताप्लेजुङ जन्मस्थान भई वैदेशिक रोजगारीका सिलसिलामा ईजरायलमा रहँदै आउनुभएकी, Gastric Cancer बाट पी’डित अर्चना चोङवाङलाई परिवारको सहमतिमा डाक्टरको सल्लाह बमोजिम गत शुक्रबार मेडिकल इस्कर्ट सहित ईजरायलबाट नेपाल पठाइएकोमा आज विहान वहाँको दुःखद निधन भएको खबरबाट हामी सबै स्तब्ध भएका छौं।

हामी मृ’तात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं। नेपाली राजदूतावास, तेल अबिब, ईजरायल।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah