धरान स्थित विजयपुरको आइडल स्कुलकाे बस दु'र्घटना भएकाे छ । विद्यार्थी पुर्याएर फर्किने क्रममा धरान १४ स्थित बसन्तटारमा साँझ ५ बजे दु'र्घटना भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका इस्पेक्टर भुवन खड्काले जानकारी दिए ।

साँघुरो र कच्ची सडकका कारणले सडकबाट अन्दाजी ३० फिट तल खसेर दु'र्घटना हुँदा बस चालक धरान १४ का ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय विर्खवहादुर तामाङ सहित १५ जना विद्यार्थी घाइते भएको इलाका प्रहरी कार्यालय धरानको संचारले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाडीको बडीतर्फ पूर्ण क्ष'ती भएको प्रहरीको भनाई छ । घा'इतेहरूको विजयपुर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विद्यार्थी पुर्याएर फर्किने क्रममा दु'र्घटना भएको र सबैको अवस्था सामान्य रहेको आइडल स्कुलका प्रिन्सिपल सागर खडकाले बताए ।