इलामको माईजोगमाई गाउँपालिका-४ स्थित माईखोलामा डुबेर बालिकाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा माईजोगमाई-४ का दीपक राईको ९ वर्षीय छोरी अरिना राई रहेकी छिन् ।
सोमबार बेलुकी ४ बजे माईखोलामा माछा मार्ने क्रममा पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृ’त्यु भएको हो । घ’टना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।



