आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री ग’म्भीर घाइते भएकी छन् । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा आगोको ज्वा’लाले पो’ल्दा खत्री गम्भीर घाइते भएकी हुन् ।

आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई आगोको ज्वा’लाले पो’लेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । आगोको ज्वा’लाले भेट्दा अनुहार, हात लगायतका ठाउँमा ज’लेका खत्रीलाई उपचारका लागि गाउँपालिका अध्यक्ष राईले प्रयोग गरिरहेको गाडीमा हालेर विराटनगर पठाइएको छ ।
उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृ’त्यु भएको थियो । खत्री दम्पत्तीका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन् । श्रीमानको मृ’त्यु भएपछि उनी घरमा एक्लै बस्दैआएकी थिइन् । आगलागीमा घर पूर्णरुपमा ज’लेर न’ष्ट भएको छ ।



