काठमाडौं । ब’लात्कार मु’द्दामा फरार रहेका एक युवक २४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत संखुवासभाबाट ५ वर्ष कैद र आधा अंश पी’डित महिलालाई दिनुपर्ने भनी फैसला गरेको १७ वर्षपछि उनलाई प्रहरी पक्राउ गरेको हो ।संखुवसभाको महालु गाउँपालिका- १ का ४० वर्षीय मिङतेम्बा शेर्पालाई सोमबार काठमाडौंको ठूलो भर्याङबाट सोमबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।
प्रहरीका अनुसार मिङतेम्बाले २०५४ सालमा सोही ठेगानाकी एक महिलालाई रातको समयमा खेतको काम सकेर फर्कदै गर्दा ज्या’न मार्ने ध’म्की दिँदै ब’लात्कार गरेको र २०६१ साल चैत १० गते जिल्ला अदालत संखुवासभाले दो’षी ठहर गरेको थियो ।फैसला कार्यान्वयनका लागि उनलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।



