झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकका ३४ वर्षीय अमर बहादुर तामाङले भ्यालेन्टाइन डे कै दिन च’क्कु प्र’हार गरी आफ्नै श्रीमतीको ह’त्या गरेका छन् । आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ वर्षीय अनिता लिम्बुलाई घाटी तथा शरीरमा च’क्कु प्र’हार गरी आफ्नै घरमा ह’त्या गरेका थिए ।

च’क्कु प्र’हार गर्ने तामाङ सीमा प्रहरी चौकी पृथ्वी नगरले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ। मृ’तकको आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



