क्यालिर्फोनिया- विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले क्यान्सरसम्बन्धी एउटा जनचेतनामुलक भिडियो हटाएकोप्रति माफी मागेको छ। स्विडेनको एउटा स्वास्थसम्बन्धी समूह क्यान्सर फोन्डन्सले फेसबुकमा स्तन क्यान्सरसम्बन्धी जनचेतनामुलक भिडियो पोस्ट गरेको थियो। फेसबुकले उक्त भिडियो हटाउने आफूहरुको कुनै नीति नभएको र भुलवश उक्त भिडियो हटाइएको भन्दै माफी मागेको हो।

उक्त भिडियोमा एक एनिमेटेड महिलालाई उनको स्तन पिंक रंगले छोपेको देखाएको छ। जहाँ स्तन आसपास आउने गाठाहरुको बारेमा जानकारी दिँदै सजिलै आफैँले स्तन क्यान्सर भए नभएको पत्ता लगाउन सकिने देखाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फेसबुकदले केही दिनअघि उक्त भिडियो आपत्तिजनक भएको भन्दै हटाएको थियो। तर बिहीबार एक विज्ञप्त्ती जारी गर्दै आफूहरुको अनुसन्धानबाट उक्त भिडियोले फेसबुकको कुनै नियम उल्लंघन नगरेको भन्दै पुनः उक्त भिडियोलाई आफ्नो साइटमा राख्न अनुमति दिइएको जनाएको छ।

'हाम्रो अध्ययन टोलीले हप्तैपिच्छे लाखौं आपत्तिजनक विज्ञापन तथा भिडियो हटाउने गर्छन्। यसै क्रममा क्यान्सरसम्बन्धी जनचेतनामुलक भिडियोसमेत हट्न पुगेको छ। यसप्रति हामी माफी माग्न चहान्छौं,' फेसबुकले भनेको छ।

फेसबुकलाई यसअघि पनि महिलाले आफ्नो शिशुलाई स्तनपान गराइरहेको तस्बिर हटाएको भन्दै विभिन्न आरोप लाग्दै आएको छ।