काठमाडौं ।विभिन्न वहानामा मानव तस्करी हुने क्रम बढ्न थालेपछि अध्यागमन विभागले कडाइ थालेको छ । शुक्रवार दुवई जान भन्दै विमानस्थल पुगेका ३५ जनालाई अध्यागमन विभागले फिर्ता पठाएको छ । उनीहरुले आफुहरुलाई कलाकार दावी गरेका थिए । एक सांस्कृतिक कार्यक्रमको लागि जान लागेको दावी गरेका थिए ।तर उनीहरुको कागजात अध्ययन गर्दा अध्यागमनलाई शंका लागेपछि विमानस्थलवाट फर्काइदिएको छ ।

उनीहरुले काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांकृतिक कार्यक्रमको लागि दुबई जान लागेको बताएका थिए । टुरिस्ट भिसा अप्लाई गरेका उनीहरुसंग दुबईस्थित नेपाली दूतावासको ुनो अब्जेक्सन लेटरु पनि थिएन ।एकै पटक ठूलो संख्यामा दुबई जान लागेका उनीहरुको यात्रा शंकास्पद लागेपछि अध्यागमन कार्यालयले रोकेको हो। उनीहरु फ्लाई दुबइको एफजेड(५७२ नम्बरको उडानबाट शुक्रबार दुबई जान लागेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुसंग गृहमन्त्रालयले तोकेको कागजपत्र र दुबईस्थित नेपाली दूतावासको ुनो अब्जेक्सन लेटरु समेत नभएपछि अध्यागमनले शंका लागेर रोकेको जनाएको छ ।पछिल्लो समय मानव तस्करहरु सक्रिय भएको भन्दै गृह मन्त्रालयले ुभिजिट भिसाुमा जानेहरुलाई कडाइ गर्न अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ ।