मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर ह’त्या गरेको खुलेको छ । भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती राधा भनिने अपसना खातुनको ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।अपसनाको श’व ४ फागुनमा जंगलभित्र फेला परेको थियो ।

घ’टनाको अनुसन्धानका क्रममा प्रहरीले अजयलाई ६ फागुनमा नेपाल–भारत सीमानाबाट पक्राउ गरेको थियो । बयानका क्रममा उनले ह’त्या गरेको स्वीकारेको विष्टले बताए । ह’त्यामा अजयलाई सहयोग गरेको आ’रोपमा सर्लाहीको मलंगवा नगरपालिका–९ का प्रमोद राउत पनि पक्राउ परेका छन् । अर्का सहयोगी फरार रहेको प्रहरीको भनाइ छ ।अजय, श्रीमती र दुई छोरासँगै सर्लाहीको मलंगवा नगरपालिका–९ मा डेरा गरी बस्थे ।

उनले ‘मेला घुम्न जाऔं’ भन्दै श्रीमती र छोराहरुलाई टेम्पो चढाएर महोत्तरी पुर्याएको र सागरनाथ वन विकास परियोजनाको जंगलभित्र लगेर साथीको सहयोगमा श्रीमतीको ह’त्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी विष्टले जानकारी दिए । अपसना ८ महिनाको गर्भवती रहेको प्रहरीको भनाइ छ । पत्नीको ह’त्यापछि अजयले आफ्ना दुई छोरालाई नजिकैको एक होटलमा बेवारिसे छाडेर भागेको प्रहरीले बताएको छ ।

सम्बन्धमा खटपटपछि ह’त्या

अपसना र अजयबीच दुई वर्ष अगाडि चिनजान भएको थियो । अजय भारतको सीतामढीमै घर निर्माण गर्ने ठेकेदार थिए । अपसना ज्याला मजदुरीको काम गर्थिन् । सीतामढीमै चिनजान भयो र उनीहरुले प्रेम विवाह गरे ।अपसना त्यसअघि नै विवाहित थिइन् । उत्तर प्रदेशमा विवाह गरेकी उनका दुई छोरा थिए । तर श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी दुई छोरासहित माइतीमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार विवाहपछि अजयको परिवारले अपसनालाई स्वीकार गरेन । पञ्चायतीले अपसनालाई २५ हजार भारु क्षतिपूर्ति दिएर छुट्टिने र २५ हजार भारु गाउँमा भोज खुवाउने निर्णय सुनाएको थियो ।पञ्चायतको निर्णय अजय र अपसनालाई स्वीकार्य भएन । गाउँमा बस्न नसकेपछि नौ महिना अगाडि उनीहरु सर्लाहीको मलंगवा आएर कोठा भाडामा लिएर बस्न थाले ।अजयले मलंगवा नगरपालिका–९ का प्रमोद राउतको घर निर्माणको काम गर्दै आएका थिए ।

प्रहरीले पत्नी ह’त्यामा अजयलाई घरधनी राउतले सहयोग गरेको देखिएको बताएको छ ।फागुन ३ गते दिउँसो २ बजेतिर मेला हेर्न जाने भनी अजयले श्रीमती अपसना र नाबालक छोराहरुलाई मलंगवाबाट टेम्पो रिजर्भ गरी सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर चोक पुर्‍याए ।त्यहाँबाट प्रमोद राउतले उनीहरुलाई आफ्नो मोटरसाइकलमा राखेर बाँके खोलाको ड्याम हुँदै महोत्तरीको गौशाला नगरपालिका–१२ मा निर्माणाधीन रेल्वे ट्रयाकसम्म पुर्‍याएका थिए ।

प्रमोदले उनीहरुलाई आफ्नो मोटरसाइकलमा दुई खेप गरी त्यहाँसम्म पुर्याएको अजयले बयानमा बताएको डीएसपी विष्टले बताए ।त्यसपछि अजयले अपसनालाई जंगलमा लगी साथीको सहयोगमा ह’त्या गरेको र छोराहरुलाई डेढ किलोमिटर टाढाको कान्तिबजारस्थित होटलमा लगी ‘मेरो बच्चा एकछिन हेरिदिनुस्, म चाउचाउ लिएर आउँछु’ भनी छाडेर हिंडेका प्रहरीले बताएको छ । त्यसपछि मलंगवा फर्किन अजयलाई प्रमोदले नै सहयोग गरेको खुलेको डीएसपी विष्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय