बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दु’र्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दु’र्घटना भएको हो । कार्यालयको तथ्याङ्कानुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दु’र्घटना भएका छन् ।

ती दु’र्घटनामध्ये चितवनमा मात्रै २९५ दु’र्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए । राठोरका अनुसार चितवनपछि दु’र्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा छ । धादिङ तेस्रो स्थानमा रहेको उनले जानकारी दिए । मकवानपुरमा १६५ दु’र्घटना भएको छ भने धादिङमा १५९ दु’र्घटना भएको छ ।यस्तै सिन्धुलीमा १५७ वटा दु’र्घटना भएको राठोरले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कानुसार काभ्रेमा ७९, नुवाकोटमा ४५, सिन्धुपाल्चोकमा ४०, दोलखामा १८, रामेछापमा १६, रसुवामा छवटा दु’र्घटना भएका छन् । प्रदेशमा भएका दु’र्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ । बागमती प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दु’र्घटना भएका हुन् । सडकका कारण ४८९ वटा दु’र्घटना भएको राठोरले बताए ।

उनका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दु’र्घटना बढी हुने गरेको छ । तीव्रगतिका कारण २३८ वटा दु’र्घटना भएको उनले बताए । चालकको लापरवाहीका कारण ६५ वटा दु’र्घटना भएका छन् । यात्रुको गल्तीका कारण ५१, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१, यान्त्रिक ख’राबीका कारण २९ दु’र्घटना भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा भएका दु’र्घटनामा एक हजार ४१५ सवारी परेका छन् । जसमा सबैभन्दा धेरै मोटरसाइकल छन् । प्रदेशभित्र भएका दुर्घटनामा ७२५ मोटरसाइकल परेको उनले बताए ।

यस्तै कार, जीप २४१, ट्रक ट्याङ्कर १६१, बस १०५, टिपर ५३, ट्र्याक्टर ४५, टेम्पो ४०, शारीरिक शक्तिबाट चल्ने ३५ वटा सवारीसाधन दु’र्घटनामा परेका छन् । यी दु’र्घटनामा परी ३७४ जनाको मृ’त्यु भएको छ भने दुई हजार ९८ जना घाइते भएका छन् । घाइतेमध्ये ५३० गम्भीर र एक हजार ५६२ जना सामान्य घाइते भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय