उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दु’र्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृ’त्यु भएको छ, भने दुई जना ग’म्भीर घाइते भएका छन् ।दु’र्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दु’र्घटना भएको प्रहरीले जनाएको छ ।
पी’डितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दु’र्घटना भएको थियो । उद्धार कार्य अझै जारी रहेको बताइएको छ ।एघार जनाको शव निकालिएको छ । दुईजना घाइतेको अवस्था ग’म्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।



