काठमाडौ । लखिमपुर हिं’साको सातौ दिन मुख्य आ’रोपी आशिष मिश्रले प्रहरीसमक्ष आ’त्मसम’र्पण गरेका छन्। रुमालले मुख छोप्दै अ’पराध महाशाखा पुगेर उनले आ’त्मस’मर्पण गरेका हुन् । उनी भारतका केन्द्रीय गृहमन्त्री अजय मिश्रका छोरा हुन् । मिडिया रिपोर्टका अनुसार १२ वटाभन्दा धेरै पेन ड्राइव बोकेर आशिष प्रहरीसमक्ष पुगेका हुन्। यी पेन ड्राइभमा रहेका भिडियोहरूले उनी घ’टनाको दिन कहाँ थिए भन्ने प्रमाणित गर्छ। उनले आफु घ’टनास्थलमा नरहेको र घ’टनामा आफ्नो संलग्नता नरहेको दा’बी गर्दै आएका छन्। आशिषसँग सोध्नका लागि प्रहरीले पनि झन्डै ४० वटा प्रश्नहरु तयार गरिसकेको छ।

के भएको थियो ?

भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्ला कार्यालयबाट झन्डै ७५ किलोमिटर टाढा नेपालको सीमा नजिकैको तिकुनिया गाउँमा गत आइतबार हिं’सा र आ’गला’गी हुँदा ८ जनाको मृ’त्यु भएको थियो। यस गाउँमा रहेको एक स्कुलको कार्यक्रममा सहभागी हुन केन्द्रीय गृहमन्त्री अजय मिश्रा आएका थिए।त्यहीक्रममा किसानहरुले पनि का’लो झ’न्डा देखाउँदै उनको वि’रोध गरे। त्यसक्रममा मन्त्रीसँगै आएका गाडीहरु धर्नामा बसेका किसानहरुलाई किचेर तेजसँग अघि बढे । चारजनाको किसानको यसक्रममा ज्या’न ग’यो भने एक दर्जनभन्दा धेरै घाइते भए ।

त्यस्तै, दुईजना बिजेपीका कार्यकर्ता र दुईजना ड्राइभरको पनि मृ’त्यु भयो । गृहमन्त्रीका छोरा आशिष मिश्रामाथि धर्नाकारीलाई गाडीले कु’ल्चि’एको र एकजना किसानमाथि गो’ली हा’ने’को आ’रोप छ । यस घ’टनाको समाचार कभरेज गर्नेक्रममा साधन न्युज च्यानलका संवाददाता रतन कश्यपको पनि मृ’त्यु भएको थियो । गाडीमा ठ’क्क’र खाएपछि उनी सडक किनारमा रहेको पानीमा डु’बेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय