चितवनमा बाघको आ’क्रमणमा परी एकको मृ’त्यु भएको छ । बाघले आ’क्रमण गर्दा भरतपुर महानगरपालिका–६ निवासी ६० वर्षीया चिजा सार्कीको मृ’त्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत बेलसर मध्यवर्ती सामुदायिक वनमा आज दिउसो घास काट्न जाँदा उनलाई बाघले आ’क्रमण गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै गएका दुईजना भने सकुसल रहेका छन् । चिजासँग गएका भरतपुर १३ निवासी सीता दराई र हेमराज सापकोटा सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय