काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३९६ जना चालकमाथि का’रवाही गरेको छ ।
शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । का’रवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ७५ जना, मदिरा पिएर सवारी साधन चलाउने ५७ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५४ जना रहेका छन् ।

यस्तै, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४० जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकमाथि का’रवाही गरिएको ट्राफिक प्रहरीले जनाएका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय