फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य.

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको छ । यससँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बढोत्तरी भइरहेको सन्दर्भमा निगमलाई प्राप्त मूल्यसूचीको आधारमा हाल प्रचलनमा रहेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ ।

A

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार निगमलाई एलपी ग्यासमा समेत प्रति सिलिन्डर रू ६६५.३४ रुपैयाँ घाटा भएपनि विक्री मूल्य बढाइएको छैन । तर, हवाई इन्धनमा भने केही मूल्य समायोजन गरिएको छ ।

मूल्य समायोजनपछि पनि निगमको १५ दिनको घाटा करिब २ अर्ब ५० करोड घाटा यथावत नै रहने निगमको भनाइ छ ।