काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सर्किट लागेको हो।

सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५१ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ५ सय ६६ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता ४९ रुपैयाँ ९० पैसाले बढेर ५ सय ४९ रुपैयाँ ४० पैसा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय