आज सोमबार सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला एक लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो आइबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय